काठमाडौं / म्यानमारसँगको मैत्रीपूर्ण खेलका नेपाली रास्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले नेपाली टिमको घोषणा गरेका हुन। नेपाल र म्यानमारबीच नोभेम्बर ७ मा मैत्रीपूर्ण खेल्ने भएको छ ।
यस मैत्रीपूर्ण खेललाई कतारमा हुने फिफा विश्वकप २०२२ तथा चाइनामा आयोजना हुने एसियनकपको क्यालिफायर्स अन्तर्गतको ‘होम गेम’ को तयारीका रुपमा हेरिएको छ। क्वालिफायर्सको सबै अवे गेम खेलिसकेको नेपालले मङ्सिर ३ गते दशरथ रंगशालामा कतारसँग खेल्दै छ।
नेपाली टिममा बिकेस कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने गोलकिपरका साथै डिफेन्डरमा सरोज दाहाल,अजित भन्डारी, दिनेश राजबन्शी, अनन्त तामाङ, देभेन्द्र तामाङ,रजिन धिमाल, सुमन अर्याल रहेका छन् ।
यसका साथै मिड्फिल्डरबाट सुनिल बल, रबि पासवान, अन्जन बिस्ट, सुजल श्रेष्ठ, विक्रम लामा,तेज तामाङ, सन्तोष तामाङ, सुबास गुरुङ, मिक्छेन तामाङ साथै फर्वाडबाट भरत खवस, बिमल घर्ती मगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ रहेका छन् ।


















