सत्तासीन नेकपाद्वारा ७ वटै प्रदेश प्रमुखका लागि ७ जनाको नाम सिफारिस

267

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले सातैवटा प्रदेशका प्रमुख पदमुक्त गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रिक्त प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई नामहरू सिफारिस गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा सोमवार बसेको सचिवालय बैठकले ७ वटै प्रदेशको प्रमुखका लागि ७ जनाको नाम सिफारिस गरेको हो । उनीहरूका लागि प्रदेश भने सरकारले नै तोक्ने नेकपा महासचिव विष्णुपौडेलले सञ्चारकर्मीमाझ भने ।

अमिक शेरचन

सोमनाथ प्यासी

तिलक परियार

विष्णु प्रसाईं

धर्मनाथ यादव

शर्मिला त्रिपाठी

गोविन्द कलौनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here