काठमाडौं / नारायणहिटी दरबारको केही स्थान रेष्टुरेन्ट सञ्चालनको लागि भाडामा लगाउने भनि आएको खबर भ्रामक भएको संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनाएका छन् ।
सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा उक्त समाचार आएपछि विभिन्न आलोचना खेपेका मन्त्री भट्टराईले उक्त समाचार सत्य नभएको कुरा ट्वीट मार्फत जानकारी गराएका छन् ।



















