नेकपानिकट अखिल क्रान्तिकारीले भारतीय दूतावास र राष्ट्रसंघको कार्यालयमा बुझायो ज्ञापनपत्र

206

काठमाडौँ– नेकपानिकट अखिल (क्रान्तिकारी)ले भारतद्वारा नेपाली भूमिमाथिको अतिक्रमणको विरुद्ध नेपालस्थित भारतीय दूतावास र संयुक्त राष्ट्र संघको कार्यालयलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको छ । सो संगठनले घोषणा गरेको संघर्षको कार्यक्रम अनुसार शुक्रवार ज्ञापनपत्र बुझाएको संगठनका अध्यक्ष चिरञ्जीवी ढकालले जानकारी दिए ।

ज्ञापनपत्र बुझाएपछि अध्यक्ष ढकालले पत्रकारसँग कुरा गर्दै नेपाली दलाल शासकहरूको लाचारीपन र दरिद्र मानसिकताको फाइदा उठाउँदै भारतीय शासकहरूले भूमि अतिक्रमण लगायत नेपालमाथि लाद्दै आएको हरेक प्रकारको दादागिरीको विरोध गर्न नेपालका सम्पूर्ण विद्यार्थी, वुद्धिजीवि, पत्रकार, कर्मचारी, सुरक्षा निकाय तथा सच्चा राष्ट्रवादीहरूमा विशेष अपिलसमेत गरे ।

अतिक्रमित नेपाली भूमि फिर्ता गराउन र नेपालमाथि भारतीय दादागिरीको अन्त्यका लागि अखिल (क्रान्तिकारी)ले कात्र्तिक २० देखि २३ गतेसम्म बुद्धिजीवी, सीमाविद्, राष्ट्रवादी व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने साथै कात्र्तिक २१ गते देशव्यापी क्याम्पसहरूमा विरोध प्रदर्शन गर्ने, २२ गते भारतीय दूतावसमा मागपत्र पेश गर्ने र संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा उजुरी दिने, २३ गते जिल्ला स्तरमा देशव्यापी विरोध प्रदर्शन गर्ने र २४ गते मसाल जुलुस तथा पुत्ला दहन गर्नेसमेतको कार्यक्रम घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here