भूकम्प पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन आग्रह

67

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरुले राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले एकद्वारा प्रणालीबाट उद्धार र सेवा कार्य गर्ने भने पनि राहत वितरणमा ढिलासुस्ती भइरहेको भन्दै सरकारको आलोचना गरे।

महिला, वृद्धवृद्धा र बालबालिकाले राहत तथा खानपिन नपाएको भन्दै त्यसतर्फ सचेत रहन उनको आग्रह छ। सुत्केरी महिलाले त्रिपालसम्म नपाएको गुनसो आइरहेको भन्दै सरकार गम्भीर बन्नुपर्नेमा उनले जोड दिए।

राहत वितरणमा सरकारले देखाएको ढिलासुस्ती आपत्तिजनक रहेको उनको भनाइ थियो। पूर्वप्रधानमन्त्री खनालले नेपाल भूकम्पको जोखिममा रहेको उल्लेख गर्दै सरकारले आवश्यक पूर्वयोजनाका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here