प्रहरी चौकी तिपेनी सिन्धुपाल्चोकको नवनिर्मीत भवन उद्‍घाटन

469

सिन्धुपाल्चोक / ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक मातहत प्रहरी चौकी तिपेनीको नवनिर्मीत भवनको आइतबार उद्‍घाटन  गर्नुभयो । सो अवसरमा प्रहरी नायव महानिरीक्षक बस्नेतले उक्त भवन निर्माण कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय काभ्रेका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भोज जंग शाह, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जन, सिन्धुपाल्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा, उक्त गाउँपालिकाका वडा अध्यक्षहरु, संचारकर्मी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पूर्व प्रहरी कर्मचारीहरु लगायत स्थानीय बासिन्दाको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here