१४औं महानगरीय प्रहरी दिवसको अवसरमा चेतनामूलक सांस्कृतिक

444

काठमाडौं / १४औं महानगरीय प्रहरी दिवस २०७६ को अवसरमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक सांस्कृतिक तथा बैण्ड डिस्प्ले कार्यक्रम चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित भेहिकल सेन्टर परिसरमा सोमबार सम्पन्न भएको छ ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले सभ्य र समृद्ध समाजको विकास गर्नका लागि घर परिवारबाटै सुधार आवश्यक रहेको जनाउनुभयाे । लागूऔषधको दुरुपयोग, समाजिक संजाल प्रयोग गर्दा अपनाउनु पर्ने विधिबारे उहाँले चर्चा गर्नुभयो । घरेलु हिंसा लगायतका अन्य अपराधिक गतिविधिको सूचना प्रहरीलाई समयमा नै दिन आग्रह समेत उहाँले गर्नुभयो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले कार्यक्रम समापन गर्दै नयाँ ढङ्गबाट प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमले समाजमा शान्ति सुरक्षा कायम गर्न ठूलो टेवा पुर्‍याउने विचार व्यक्त गर्नुभयो ।

उक्त भेहिकल सेन्टरका संचालक देबेन्द्र प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम तथा नेपाल प्रहरीको व्यान्डले कन्सर्ट प्रस्तुती समेत गरेको थियो ।

समुदाय(प्रहरी साझेदारी पालिका समिति र चन्द्रागिरी नगरपालिकाको आयोजना र महानगरीय प्रहरी वृत्त थानकोटको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा महानगरीय ट्राफिक  महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, चन्द्रागिरी नगरपालिकाका उपमयेर, चन्द्रागिरी नगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न विद्यालयका विद्यार्थीहरु, स्थानीय समाजसेवी, संचारकर्मी लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here