प्रहरी जवानलाई लक्षित गरी बम प्रहारमा संलग्न व्यक्ति पक्राउ 

87

रौतहट /  ईशनाथ नगरपालिका-४ स्थित प्रहरी चौकी मठीया रौतहटमा डिउटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी मंगलबार दिउँसो सुतली बम प्रहार गरेको घटनामा संलग्न भारत ढाका घर भएका २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका २ जना व्यक्तिहरुले सुतली बम प्रहार गरी फरार भएपछि तत्काल उक्त प्रहरी चौकीको प्रहरी टोलीले उनीहरुलाई पिछा गर्ने क्रममा चौकीदेखि करिब १ किलोमिटर दक्षिण नेपाल भारत सिमा दशगजा नजिकबाट उक्त मोटरसाइकलका चालक कुमारलाई फेला पारी पक्राउ गरेको हो । विष्फोटबाट डिउटीमा रहेका प्रहरी जवानलाई सामान्य चोट लागेको  छ । साथै चौकी नजिकै चौरमा चरिरहेको १ बाख्राको मृत्यु भएको छ ।

घटनामा संलग्न हाल फरार रहेका मोटरसाइकलमा सवार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here