सेन्ट्रल जोन भलिबलमा नेपाल फाइनलमा प्रवेश

144

काठमाडाैं / एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियाे भने सोमबार भएको दोस्रो खेलमा किर्गिस्तानलाई पनि ३–० कै सेटमा हराएको थियो । आज भएको तेस्रो खेलमा नेपालले बंगलदेशलाई ३-० कै सोझो सेटमा हराउन सफल भयो ।

नेपालले बंगलादेशलाई पहिलो सेटमा २५–७, दोस्रो सेट २५–६, र तेस्रो सेटमा २५–६ ले पराजित गरेको हो ।
आज भएको खलेमा नेपालकी सुनिता खड्का वुमन अफ दि म्याच घोषित भइन् । यो जितसँगै ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

नेपाललाई पछ्याउने क्रममा माल्दिभ्सको समान ३ खेलबाट ८ अंक रहेको छ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान गरी पाँच टिम सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here