वाइफाई एउटा ताररहित रेडियो वेब प्रविधि हो । जसका माध्यमबाट इलेक्ट्रोनिक डिभाइसहरुले वेब एउटाबाट अर्कोमा आदान–प्रदान गर्छन् ।
प्रविधिको विकाससँगै वाइफाई मानिसको आवश्यकता बन्दै गएको छ । तसर्थ, पछिल्लो समयमा वाइफाई चोरी हुने भइराखेको हुन्छ । जसबाट बच्न वाइफाईको पासवर्डलगायत केही कुरामा ध्यान दिन आवश्यक छ ।
१. सबै भन्दा पहिला पासवर्ड कम्तीमा पनि आठ अक्षरभन्दा बढी राख्नु आवश्यक छ । जसका लागि अंक, अक्षर, सिम्बोल आदि मिलाउनु पर्छ । यस्तो हुँदा ह्याकरले सजिलै पत्ता लगाउन सक्दैन ।
२. राउटरको डिफल्ट सेटिङ गर्नुहोस् । सामान्यतया नेटवर्कले सेटिङ मिलाउँदा सामान्य पासवर्ड र आफ्नै नाम राखिदिएको हुन्छ । यसो गर्दा अनधिकृत प्रयोगकर्ताले सजिलै पासवर्ड पत्ता लगाउन सक्छन् ।
३. एसएसआइडी प्रसारण बन्द गर्नुहोस् । यसले तपाईंको नेटवर्क एरियामा भएका अन्य डिभाइसलाई सूचना दिने गर्छ ।
४. एमएसी एड्रेस कोड प्रयोगमा ल्याउनुहोस् । यसको सहायताबाट तपाईंले अनुमति दिएको डिभाइसमा मात्र नेटवर्क कनेक्ट गर्न सकिन्छ ।
५. राउटरमा भएको फायरवाल इनेबल गर्नुहोस् । जुन प्रायः डिसेबल हुन्छ । त्यस्तै, हरेक डिभाइसमा कनेक्ट गर्दा छुट्टाछुट्टै रुपमा इनेबल गर्न सकिन्छ । यसले तपाईको नेटवर्क पूर्ण रुपमा सुरक्षित हुन्छ ।


















