अध्यक्ष मन्जु बमद्वारा देशकै कान्छी राष्ट्रिय खेलाडीको भविष्यप्रति चिन्ता !

91

काठमाडौं / दार्चुला जिल्ला खेलकुद बिकास समितिको अध्यक्ष मन्जु बमले देशकै कान्छी राष्ट्रिय खेलाडी सकुन्तला ठागुन्नाको भविष्यप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

उनले सकुन्तलाको भविष्यप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय खेल खेल्न धेरै नै हौसला दिएको जनाएकी थिइन् । उनले उनको कार्यकालमा सकुन्तलाको लागि धेरै नै हौसला दिँदै राष्ट्रिय खेलकुद खेल्न प्रेरणा दिएकी थिइन् । तर उनको कार्यकाल पश्चात परिषद्बाट उनको लागि केही गर्न नसकिएको प्रति उनले गुनासो पोखिन् ।

निवर्तमान अध्यक्ष मन्जु बमले  पनि राष्ट्रिय खेलकुद परिषदलाई  बारम्बार  अनुरोध गर्दा  पनि परिषदले कुनै चासो  नदिएको उनी जनाउँछिन् । ‘मैले जिल्ला खुलकुद बिकास समितिमा हुँदा सकुन्तलाको लागि केहि गरुँ भन्ने सोचेको थिएँ । तर के गर्ने मलाई नै मुद्दा  लागेर आफै मुद्दा झेल्दै  जाँदा   मेरो कार्यकाल पनि सकियो । त्यसपश्चात उनको भविष्य झन अन्योल बन्दै गयो ।’– उनले भनिन् ।

सकुन्तला जस्ता प्रतिभावान खेलाडी लाई राज्यले सम्मान गर्नपर्ने खेलाडी रहेको उनी जनाउँछिन् ।

दार्चुला जिल्लामा कि बहिनी सकुन्तला लाई प्रशिक्षणको  आवश्यकता रहेकोले अभ्यास गराउन पहल गर्दा कसैले वास्ता गरेनन् । मैले उनको भविष्य खेलकुदमा राम्रो देखेर उनलाई धेरै ठाँउमा पहल गरेकको थिएँ । तर के गर्ने राष्ट्रिय खेलकुद परिषदले नवप्रतिभा लाई   अगाडि नबढाउने  प्रबृत्ति अन्त्य नहुन्जेलसम्म यस्ता नवप्रतिभाहरु ओझेलमै पर्ने गर्दछन् ।

सकुन्तला मेरो पालामा समानित भएकी हुन् । तर त्यसपछि उनलाई किन अरुले वास्ता गरेनन् भन्ने मलाई पनि लागेको छ । मैले पनि उनको लागि धेरै ठाँउमा कुरा गरेकी थिएँ , तर उनलाई कसैले पनि वास्ता नगरेकोप्रति निवर्तमान अध्यक्ष बमको पनि गुनासो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here