आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न

100

काठमाडौं / आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं बार्षिक साधारण सभा मिति २०७६ साल आषाढ २९ गते आइतबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न गरेको छ ।

साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेम राज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थपित गर्न विगत ४ बर्षमा हामीले नयां नयां बीमालेख लगायत आफनो सेवालाई देशको सात वटै प्रदेशमा विस्तार गरी ४८ वटा शाखा १९ वटा सेवा काउण्टर गरी ६७ स्थानबाट ग्राहक महानुभावहरुलाई सहज सेवा प्रदान गर्दै आईरहेको जानकारी दिनुभयो ।

देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने धारणा व्यक्त गर्नुभयो ।

पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धिभएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयां नयां क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा अझै नविनतम सेवाहरु सहित ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको जानकारी सभालाई गराउनुभयो ।

कम्पनीले आफना शेयरधनीहरुलाई चुक्ता पूंजीको ५ प्रतिशतले बोनस शेयर प्रदान गर्ने प्रस्ताव २१र्औ बार्षिक साधारण सभाबाट पारित भएबाट कम्पनीको चुक्त पूंजी १ अरब २ करोड ६ लाख पुगेको साथै नियमाक निकायबाट निर्जीवन बीमा कम्पनी गाभ्न,े गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्देशिका जारी भएको परिप्रेक्षमा कम्पनीको दायरा तथा क्षमता वृद्धि गर्ने हेतुले सभा समक्ष पेश गरिएको गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने गरी २१र्औ साधारण सभाले अख्तियारी संचालक समितिलाई प्रदान गरेबाट कम्पनीले आगामी दिनमा उपयुक्त कम्पनीसंग गाम्ने, गाभिने तथा प्राप्ति गर्न सक्नेछ ।

कम्पनीले गत आ.ब.मा १ अरब ७७ लाख बीमा शुल्क आर्जन गरी गरि १५ करोड ९८ लाख खुद नाफा आर्जन गर्न सफल भएकोमा चालु आ.ब.को हालसम्म गरिब १ अरब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको पनि सभालाई जानकारी गराउनुभयो ।

अध्यक्ष ढकालले कम्पनीको २१औं बार्षिक साधारण सभामा भाग लिई अमूल्य सुझावहरु दिनुहुने शेयरधनी महानुभावहरुको आत्मीयता, न्यानो माया र विश्वास प्रति आभार प्रकट गर्दै नेपाल सरकारका विभिन्न निकाय, बीमा समिति लगायत नियमक निकायहरुप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here