सवारी चालक उन्नत तालिम संचालन

524

काठमाडौं / राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १२औं समूहको सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम संचालन भएको छ ।

सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले आइतबार सोही महाशाखामा आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्दै नेपाल प्रहरीमा दक्ष सवारी चालक तथा मेकानिक्स उत्पादन गर्ने उद्देश्यले नविन प्रबिधिको बारेमा जानकारी सहितको ज्ञान सिप दिलाउन तालिम संचालन गरिएको बताउनुभयो । लगनशिल भई तालिम हासिल गर्न उहाँले  प्रशिक्षार्थीलाई निर्देशन दिनुभयो ।

तालिम संयोजक प्रहरी निरीक्षक अनुप श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै  ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी हवल्दार २ जना र प्रहरी जवान २८ जना गरी कुल ३३ जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here