काठमाडौं / मन्त्रिमण्डल पुनर्गठन अनिश्चित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषदको विषय आज नसकिएको जनाउँदै प्रधानमन्त्री ओली महत्वपूर्ण कार्यक्रममा सहभागी हुन लागेको जानकारी दिए।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि एक महत्वपूर्ण कार्यक्रममा सहभागी हुन बाहिरिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले नयाँ मन्त्री नटुंग्याएपछि नयाँ मन्त्रीको सपथ आज नहुने भएको हो।
प्रधामन्त्री ओलीले बुधबार मन्त्रिपरिषदको पुनर्गठनको तयारी गरेका थिए। दुई अध्यक्षबीच राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा मन्त्री हेरफेरमा सहमति भएको थियो ।
यसअघि मंगलबारको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएका थिए।
सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओली याक एण्ड यती होटलमा हुने एक कार्यक्रममा सहभागी हुन गएका छन्।


















