धादिङको विकट हिमाली क्षेत्र लापामा नयाँ प्रहरी चौकी स्थापना

248

धादिङ / धादिङ जिल्लाको उत्तरी विकट हिमाली क्षेत्र रुवीभ्याली गाउँपालिका-५ लापामा नयाँ प्रहरी चौकी स्थापना भएको छ । नेपाल सरकार मन्त्री परिषदको गत असोज ७ गतेको निर्णयले उक्त चौकी थप निकासा भई आएको हो ।

धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षकराज कुमार बैदवार र रुवीभ्याली गाउँपालिकाका प्रमुख चेरोङ तामाङले बिहीबार आयोजित कार्यक्रममा उक्त प्रहरी चौकीको संयुक्त रुपमा उद्‍घाटन गर्नुभयो ।

भौगोलिक कठिनाइको कारण संवेदनशिल मानिएको उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना भएबाट त्यहाँका नागरिकले सहज रुपमा प्रहरी सेवा प्राप्त गर्न सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षकराज कुमार बैदवारले जनाउनुभयाे ।  सेवासँग सँगै शान्ति सुरक्षा र अपराध नियन्त्रण गरी सुरक्षित समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका उप-निर्देशक मुकुन्द मरहठा, रुवीभ्याली गाउँपालिकाका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय बासिन्दाहरु लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here