काठमाडौं / कागेश्वरी मनहरा नगरपालिका-७ कार्की गाउँस्थित सर्लाही बरहथवा नगरपालिका-१४ घर भएको शिवशंकर महतोको मोटरसाइकल पार्टस पसलमा बिद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा विभिन्न मोटरसाइकलको पार्टसहरु जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने ६० वर्षीय बम बहादुर सिंहको घरमा शनिबार बिहान आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगो निभाउने क्रममा घाइते भएकी बम बहादुरको श्रीमती ५५ वर्षीया कुन्ती देवी सिंहको प्रादेशिक अस्पताल सेती धनगढीमा उपचार भइरहेको छ ।
सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिका- ५ बस्ने हलिन मिया समेत ४ जनाको घरमा बिद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा चारै जनाको घर जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।


















