काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आफु पुष्पकमल दाहाल प्रचण्डभन्दा सिनियर भएको बताएका छन् । उनले पहिलो आफू र दोश्रो अध्यक्ष प्रचण्ड भएको दाबी गरेका छन् ।
सोमबार साँझ कान्तिपुर टेलिभिजनमा साप्ताहिक रुपमा प्रसारण हुने फाइरसाइड कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो दाबी गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भनेका छन् , ‘अध्यक्ष कार्यकारी नै हुन्छ । दुबै कार्यकारी अध्यक्ष नै हो । यथार्थमा प्रथम म र द्धितिय उहाँ नै हुनुहुन्थ्यो । अध्यक्ष्यता र सञ्चालन मैले नै गर्थेँ दुई अध्यक्ष भएपनि । बढी सरकारको काममा म लाग्नुपरेको छ । पार्टी र सरकारमा बराबर गर्ने पनि भनिएको थियो । बीचमा प्रधानमन्त्री फेर्दा जुन स्थायित्व ल्यायौँ त्यसमा फेरि अस्थिरता हुने भयो । हामी आधाआधा गर्न तयार थियौँ । अहिलेको सन्दर्भमा स्थायित्व आवश्यक छ ।’
ओलीले थपे, ‘सरकारको काम पनि मैले सल्लाह नै गरेर गर्छु । पार्टीको काम पनि मसँग सल्लाह गरेर गर्नुहुन्छ । सिनियारिटीको हिसावमा म सिनियर अध्यक्ष हो उहाँ अर्को अध्यक्ष हो ।’
‘मैले अध्यक्षता नगर्दा म कार्यकारी होइन भन्ने होइन । म पनि कार्यकारी हो उहाँ पनि कार्यकारी हो । बढुवा भएको त कसरी हुन्छ ? मैलेमात्रै अध्यक्षता गर्थे अब उहाँले पनि गर्नुहुन्छ । कहिलेकाहिँ मैले पनि गर्छु । उहाँले पनि गर्नुहुन्छ ।’ ओलीले भने


















