नेपालमै प्रथम पटक ६३ वटा साहित्यिक कृति बिमोचन

204

काठमाडौं  /  आधुनिक साहित्य परिषदको आयोजनामा नेपालमै प्रथम पटक ६३ वटा कृतिको बिमोचन भएकोछ  ।

गौरी पब्लिलिक रिलेशनद्धारा  दिल्ली रमण पुस्तकालयमा गत मंशिर १,२,र ३ गते भएको बाल साहित्य महा उत्सबमा बाल साहित्यको पुस्तकहरु बिमोचन गरेका थिए ।  कार्यक्रममा प्रमुख अतिथि डा. शैलेन्दु प्रकाश नेपाल पाल्नु भएको थियो ।  साथै कार्यक्रममा बालसाहित्य लेखनबारे पनि प्रशिक्षण आयोजना गरिएको थियो । कार्यक्रममा सबै भन्दा बढी कृति साहित्यकार रत्नप्रसाद अनामाणिका आठ वटा कृति बिमोचन गर्नु भयो ।

कार्यक्रममा गौरी पब्लिकेशनका संचालकले आगामी दिनहरुमा पनि लेखकहरु बात यस्तै सहयोग र सदभाव प्राप्त हुने आशा व्यक्त गरेकाथिए । कार्यक्रमको सभापतित्व साहित्यकार मुरारी प्रसाद ढकालले गर्नुका साथै स्वागत गित लक्ष्मीप्रसाद मिश्रले गाउनु भएको थियो ।  डा. शैलेन्दु प्रकाश नेपालले पब्लिकेशन तथा सम्पूर्ण लेखकहरुलाई बधाई दिनुको साथै आगामी दिनहरुमा पनि यस्तै रचनात्मक कार्यमा अगाडी बढुन भन्ने कामना गर्नु भयो । लाजिम्पाटस्थित दिल्ली रमण पुस्तकालयको हलमा भएको कार्यक्रम गत बर्ष देखि आधुनिक साहित्य परिषदले संचालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here