चिहानबाट लास झिकेर नयाा पहिरन !

282

इण्डोनेसियाको दक्षिण सुलावेशीमा रहेको तोराजा गाउाका आदिवासी समुदायमा एउटा अचम्म र डरलाग्दो संस्कार रहेको छ । सो आदिवासी समुदायको संस्कृति हो– चिहान खोतलेर लासलाई बाहिर निकाल्नु, पानीले नुहाइ धुवाइ गरिदिनु र मज्जाले राम्रा–राम्रा पहिरन लगाइदिनु । उनीहरूले हरेक वर्ष यस्तो अनौठो संस्कार मान्दै आएका छन् ।
वृद्ध भएर मृत्यु भएका मात्र होइन, बाल्यकालमै मृत्यु भएकाहरूको शवलाई पनि यसैगरी सिागारिन्छ । अनि त्यसरी सिागारिएका लासलाई गाउा घुमाइन्छ, सिधा बाटोमा । त्यसपछि वर्षदिनसम्म माटोमुनि रहादा मक्किएको वा बिग्रिएको कफिनलाई मर्मत गर्ने वा नयाा फेर्ने गरिन्छ अनि पुन: सिागारिएको लासलाई कफिनमा राखेर चिहानमै राख्ने गरिन्छ । यो पर्वलाई स्थानीय भाषामा मइनिन भनिन्छ, जसको अर्थ लास सफाइ पर्व हो । परम्परागत तोराजान आस्था प्रणालीमा मृतकको आत्मा व्यक्ति जन्मेकै गाउामा फर्किनुपर्ने मान्यता छ । त्यसैले सो गाउाका मानिस अरु कुनै ठाउामा गएर मरे भने पनि त्यसैगरि लासलाई सिागारेर र हिाडाएर गाउामै ल्याइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here