गुल्मी / गुल्मीको रूरूक्षेत्र गाँउपालिका वडा नं. ६ रिमुवामा वडाध्यक्ष पदको लागि भएको निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ । कुल मतदाता २०४८ मध्ये एक हजार २५० मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएका छन् ।
शनिबार बिहान ७ बजेदेखि सुरू भएको मतदान कार्य बेलुका ५ बजेसम्म संचालन हुनेछ । नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाको कडा सुरक्षाका बीच सौहार्दपुर्ण वातावरणमा मतदान भइरहेको छ । निर्वाचनमा तीनजना उम्मेदवार रहेका छन् । जसमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट गिरी प्रसाद सिञ्जाली, नेपाली काङ्ग्रेसबाट वेद बहादुर दर्लामी र स्वतन्त्र उम्मेदवार मीन बहादुर दर्लामीले उम्मेदवारी दिएका हुन् ।
जसमध्ये नेकपा र नेपाली काङ्ग्रेसका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुदैँछ ।


















