काठमाडौं । बिमस्टेक सम्मेलनको पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । विमानस्थलभित्र प्रवेश अनुमति पास भएकाहरुको हकमा यो नियम लागू नहुने विमानस्थलले जनाएको छ ।
यात्रुबाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । एक्लै जान असक्षम रहेका यात्रुले एकजनासम्म सहयेगी मात्र भित्र लिएर जान सक्नेछन् । विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई विमानस्थल प्रशासनले साथमा अन्य आफन्त तथा साथिभाई लिएर नआउन आग्रह गरेको छ ।
विमानस्थलमा प्रवेश गर्ने यात्रुको गोल्डेन गेटमै कडा सुरक्षा जाँच गरिनेछ । अत्यावश्यक कारणले भित्र प्रवेश गरेका व्यक्तिले पनि १०-१५ मिनेटभित्रै विमानस्थल छोड्नुपर्ने प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।
भाडाका ट्याक्सीलाई पनि विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गर्न पनि निषेध गरिएको छ भने निजी सवारी लिएर जानेले पनि यात्रु छाडेर सिधै फर्किनुपर्ने नियम बनाएको छ ।



















