अब लुम्बिनी जनरल इन्स्योरेन्सका ग्राहक तथा सेवाग्राहीलाई नेपाल मेडिसिटीमा नगदरहीत सेवा

158

काठमाडौं/ नेपाल मेडिसिटीमा अब लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका ग्राहक तथा सेवाग्राहीले नगदरहीत सेवा प्राप्त गर्ने भएका छन् ।

क्यासलेस अर्थात नगदरहीत सेवा ग्राहकले उपचारका लागि अपचार भर्नाको अवस्थामा उपभोग गर्न पाउने छन् ।

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले सम्झौतापत्रमा आज एक समारोहका बीच हस्ताक्षर गर्नु भएको हो ।

नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले, लुम्बिनी जनरल इन्स्योरेन्समा आबद्ध व्यक्तिहरुलाई स्वास्थ्य बीमाका माध्यमबाट क्यासलेस सेवा उपलब्ध हुने बताउनु भयो । स्वास्थ्य बीमाका माध्ययमबाट नागरिकहरुलाई सुलभ स्वास्थ्य उपचार सेवा प्राप्त हुने र स्वास्थ्य सबैको पहुंचमा पुग्ने भएकोले स्वास्थ्य बीमालाई अस्पतालले विशेष जोड दिएको उहाँले जनाउनुभएको छ ।

इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रधानले अस्पतालको सेवाबाट प्रभावित भएको बताउनुभएको छ । त्यस्तै अस्पतालसंग दिगो रुपमा काम गर्र्ने अपेक्षा रहेको इन्स्योरेन्स कम्पनीका डेपुटी सिइओ राम चन्द्र श्रेष्ठले जनाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here