काठमाडौं – ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्। बैंकको आज बसेको संचालक समितिको बैठकले बज्राचार्यलाई नियुक्त गरेको हो । भदौ १ देखि लागू हुनेगरी ४ वर्षे कार्यकालका लागि बज्राचार्यलाई नियुक्त गरिएको हो ।
बज्राचार्यले यसअघि सनराइज बैंक, एनसिसी बैंक र ग्लोबल आइएमई बैंकको सिइओका रुपमा नियुक्त भएका थिए ।


















