प्रसनि दिलिप कार्की अख्तियारको नियन्त्रणमा

253
प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आ.ब. २०७४/०७५ र आ.ब. २०७५/०७६ मा गरी जम्मा रु. १,०८,९९,१८४।– (एक करोड आठ लाख उन्नान्सय हजार एक सय चौरासी रुपैयाँ) हिनामिना गरेको सम्बन्धमा प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित मिति २०७७।०४।२९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दाखिला हुन आएको हुँदा प्रसनि कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बेहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तीमा जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here