घुससहित इन्जिनियर पक्राउ

239

कैलाली / शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका इन्जिनियर त्रिलोक जोशीलाई  घुस रकमसहित पक्राउ गरिएको छ।

ठेक्काको काममा कमिशन मागेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले इन्जिनीयर जोशीलाई दुई लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको सो कार्यालयका सूचना अधिकारी टोपबहादुर बिष्टले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here