मोदीले समय नदिएपछि माधवकुमार नेपालको भारत भ्रमण स्थगित

166

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण  स्थगित भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने समय नदिएपछि  भ्रमण  स्थगित भएको  हो ।

नेपाल-भारत सीमा विवादबारे कुरा गर्न नेता नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष दूत भएर भारत जान लागेका हुन् । बुधबार बसेको नेपाल सचिवालय बैठकले नेता नेपाललाई प्रधानमन्त्रीको विशेष दूतका रूपमा भारत पठाउने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

केही समय अघि भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी सभावेश गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ । त्यसबाट उत्पन्न परिस्थितिका विषय छलफल गर्न नेता नेपाल सरकारको विशेष दूतका रुपमा दिल्ली जाने तयारी गरेका थिए ।

भेटघाटकालागि दुवै देशका परराष्ट्रमन्त्रालय मार्फत समन्वय भइरहेको छ । तर, प्रधानमन्त्री मोदीको समय नमिलेका कारण नेता नेपालको दिल्ली भ्रमण रोकिएको ब्रिफिङ नेकपाको सचिवालय बैठकमा गरिएको छ ।

बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकमा यसबारे छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here