सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

200

काठमाडौं / दाङकाे गढवा गाउँपालिका-२ पचाहास्थित सडक खण्डमा ना.२ ख ७५११ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय आत्मराम चौधरीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । उक्त घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१ धम्बोझीस्थित सडक खण्डमा भे. १ ख २८४७ नम्बरको मिनि ट्रकको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-१८ बस्ने ३७ वर्षीय दलबहादुर रावललाई र हाल नाम, थर वतन नखुलेका १ जना पैदलयात्रीको बुधबार दिउँसो मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको नर्सिङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here