मानव अधिकार सम्मेलनले दाङको पर्यटन प्रबद्र्धन हुन्छ : मेयर पाण्डे

239

तुलसीपुर / मानव अधिकार तथा शान्ती समाजको २२ औ राष्ट्रिय सम्मेलनमा आउने पाहुनाहरुलाई तुलसीपुरका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गराइने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सहभागीहरुलाई तुलसीपुरको मौलिक परिकार खुवाइनुका साथै यहाँको थारु साँस्कृतिक नृत्य र पर्यटकीय स्थलहरुको समेत अवलोकन गराइने जनाएका  हुन् ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव र सम्मेलन आयोजक मुल समितिका संयोजक शरद रेग्मी लगायत अन्य पदाधिकारीसँगको छलफलमा नगरप्रमुख पाण्डेले यस्तो जनाएका  हुन् ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाउँ तुलसीपुर अभियान सञ्चालन गरेको छ ।

देशभरबाट आएका पाहुनाहरुलाई अभियानको प्रचार प्रसार होस् भन्ने उद्देश्यका साथमा उपहानगरपालिकाले विभिन्न योजना समेत वनाएको नगरप्रमुख पाण्डेले जनाए । “पर्यटनको मुख्य कुरा भनेको प्रचार प्रसार हो हामीले यो अवसरलाई सदुपयोग गर्न खोजेका छौ” नगरप्रमुख पाण्डेले भने ।

सो अवसरमा मानव अधिकार तथा शान्ती समाज दाङ्गका सभापति एवम् सम्मेलन आयोजक मुल समितिका संयोजक शरद रेग्मीले विभिन्न राष्ट्रिय व्यक्तित्वहरुलाई पाहुनाका रुपमा दाङमा वोलाइएको समेत जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here