काठमाडौंका प्रथम नगरपिताकाे निधन

133

काठमाडौं  /  काठमाडौंका प्रथम जननिर्वाचित मेयर जनकमान श्रेष्ठको आज शनिबार संसारबाट बिदा भएकाे छ ।

आज विहान आफ्नै निवास टेकुमा ९१ वर्षको उमेरमा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

विगत केहि वर्षदेखि लिभरको क्यान्सरसँग लडिरहेका श्रेष्ठ कानूनी मुद्दाहरुको फैसलाकर्ता समेत हुन्।

विं. सं. २०१० सालमा उपत्यकाका तीन नगरमा स्थानीय चुनाव हुँदा उनले कम्युनिष्ट पार्टीबाट दुई तिहाई मत ल्याएर मेयर जितेका थिए।

२५ वर्षकै उमेरमा उनी काठमाडौंको नगरपिता निर्वाचित भएका थिए। पछि अर्थात २०१६ सालमा उनी न्यायाधीश भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here