गाउँपालिकामा बम विस्फोट

262

सिरहा / सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा शुक्रबार राति अज्ञात समूहले बम विस्फोट गराएका छन् । राति ११ बजेतिर गराएको बम विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको र जस्तापाता उडेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी निरीक्षक उमा शंकर यादवले जानकारी दिए ।

बम विस्फोट गराउनेको खोजी कार्यसँगै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए । मंसिर २५ गते विरोधका क्रममा गाउँ कार्यपालिका भवनका झ्यालका सिसा फुटे । प्रहरी निरीक्षक साहले नियन्त्रणमा नलिएका कारण क्षती भएको गाउँपालिका प्रमुख साहले बताए । प्रमुख साहका अनुसार ‘ममाथि ढुंगाले हान्दा पनि प्रहरी निरीक्षक चुपचाप बसेका थिए । पहिलाको ईलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रमुख प्रहरी निरीक्षक कृष्ण श्रेष्ठ हुँदा हामी सुरक्षित महसुस गथ्र्यौँ ।’

तर नयाँ प्रहरी निरीक्षक आउनासाथ अपराधिक गतिविधि बढेका, जनताले असुरक्षित महसुस गर्न थालेको उनी बताउँछन् । लक्ष्मीपुर पतारी गाउँपालिका प्रमुख राम बल्लभ साहका अनुसार ईलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रमुख प्रहरी निरीक्षक अरविन्दकुमार साहकै कमजोरीका कारण बम विस्फोट भएको हो । ‘प्रहरी चौकीभन्दा ५ सय मिटरको दुरीमा रहेको गाउँपालिकाको भवन नै असुरक्षित छ भन्ने प्रहरी निरीक्षक शाह कसरी जनतालाई सुरक्षा दिन सक्छन् रु’ उनी प्रश्न गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here