कानपुर / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिँडदै गर्दा लडेको एउटा भिडियो क्लिप भाइरल बनेको छ ।
पहिलो पटक कानपुर पुगेका मोदी गंगा घाटको सिँढीमा लडेका हुन् । उनी त्यहाँ गङ्गा सरसफाइ सम्बन्धी एउटा आयोजनाको अनुगमनका लागि पुगेका थिए ।
सिँढीमा लडेपछि उनलाई अङ्गरक्षकले उठाउँदै गरेको भिडियोमा देख्न सकिन्छ ।

















