डन्डिफोरको समस्या बढ्दै, सावधानी अपनाउन जरुरी

107

युवा युवतीहरुमा डन्डिफोरको समस्या बढ्दै गएको हुन्छ । र त्यती बेला उनिहरु लाई यो समस्याले एकदमै सताईरहेको हुन्छ ।

डन्डिफोर छालाको एक समस्या हो । त्यसैले डन्डिफोर आउन नदिन सावधानी अपनाउन जरुरी हुन्छ । यदि डन्डिफोर आईहाले पनि यसलाई कम गर्ने घरेलु तरिकाहरु पनि हुन्छ ।

डन्डिफोरको समस्या हुनेले अनुहारलाई दिनको दुई–तीनपटक राम्रोसँग सफा गर्नुपर्छ । यदि अनुहार सफा भयो भने अनुहारका कोषहरूमा ऊर्जा पुग्छ ।आफ्नो छाला सुहाउँदिलो फेसवास प्रयोग गर्नुपर्छ । गुलाब, स्याउबाट बनेका प्राकृतिक फेसवास प्रयोग गर्दा राम्रो हुन्छ ।

नियमित छाला सफा गर्दा अनुहारमा रहेका धुलोका कणलाई हटाइदिन्छ । अनुहार सफा गर्ने नाममा बारम्बार सफा पनि गर्नुहुँदैन । यसले अनुहारलाई फुस्रो बनाइदिन्छ । डन्डिफोर कम गर्न नियमित रूपमा पर्याप्त पानी पिउने बानी बसाल्नुपर्छ ।

डन्डिफोरलाई हातले छुनुहुँदैन । हात फोहोर भएका वेला त झनै छुनुहुँदैन । यसले संक्रमण बढाउने सम्भावना हुन्छ । डन्डिफोर आएर हैरान पार्छ भने त्यस्ता युवायुवतीले बढी चिल्लो, पिरो र अमिलो खानुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here