मनाङ मर्स्याङदीले जापानको जेएफएल यू २३ टोलीसँग मैत्रीखेल खेल्ने

76

काठमाडौं / गत संस्करणको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले जापानको जेएफएल यू–२३ टोलीबीच मैत्रीपूर्ण खेल आज खेल्ने भएको छ ।

नेपाल भम्रणमा रहेकाे जेएफएल गतसंस्करणको च्याम्पियन मनाङ मस्र्याङदी क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्लेक्समा आइतबार दिउँसो ३ बजे खेल सुरु हुनेछ ।

मैत्रीपूर्ण खेलका कारण आइतबारका ए डिभिजनका लिगका खेल स्थगित गरीएको छ । यसअघि जापानिज टोलीले पहिलो मैत्रीपूर्ण खेलमा नेपाल नीलोलाई ४–० को गोलअन्तरले पराजित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here