च्याम्पियन्स लिग राउन्ड अफ १६ को ड्र सार्वजनिक

167

एजेन्सी / विश्वको बहुचर्चित फुटबल लिग च्याम्पियन्स लिगको राउन्ड अफ १६ को ड्र अाज सार्वजनिक भएको छ ।

राउन्ड अफ १६को ड्रअनुसार डर्टमण्डले पेरिस सेन्ट जर्मनको सामना गर्दा रियल मड्रिडले म्यान्चेस्टर सिटीको सामना गर्नेछ । यसका साथै  एटलान्टा तथा भ्यालेन्सिया एक–अर्कासँग आमनेसामने हुनेछन् भने एथ्लेटिको मड्रिडको भेट साविक विजेता लिभरपुलसँग हुनेछ ।

गत वर्षको उपविजेता टोटनह्यामले लिफिङको सामना गर्दा चेल्सी तथा ब्रायन म्युनिख पनि एक–अर्कासँग भिड्नेछन् ।

युभेन्टसले लायोनलाई आफ्नो प्रतिस्पर्धीको पाएको छ भने बार्सिलोनाले नापोलीको सामना गर्नेछ । राउन्ड अफ १६को खेल आगामी फेब्रुअरीदेखि सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here