काठमाडौं / प्रदेश सभामा प्रदेश नं एकले प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ पेश गरेको छ ।
प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश संगठित संस्था र स्थानीय सरकारी सेवाको पदमा उपयुक्त उम्मेदवार छनौटमा स्वच्छता, निष्पक्षता र योग्यता प्रणालीलाई व्यवस्थित गरी प्रदेश एवं स्थानीय तहको सार्वजनिक प्रशासलाई सक्षम, सदृढ, प्रतिस्पर्धात्मक र सेवामुखी बनाउन प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारको व्यवस्था गर्न वाञ्छनीय भएको दावीकासाथ विधेयक प्रस्तुत गरेको छ ।
पाँच परिच्छेदमा विभाजित यो विधेयकमा ६५ धाराहरु छन् । केन्द्रीय लोक सेवा आयोगसंग समन्वयात्मक सम्बन्धमात्र रहने आयोगले स्वायत्त आयोगको रुपमा यसलाई अनुमोदन गर्न खोजेको देखिन्छ ।
हेर्नुहोस विधेयकको पूर्ण पाठ :



















