‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक संजालमा यो एप प्रयोग गर्नेको संख्या उच्च छ । यो एपले जवानीको फोटोलाई बुढ्यौलीमा बदल्छ, मतलब बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भनेर यो एपले बताइदिन्छ ।
विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यसको उपयोग गरेसंगै नेपालमा पनि यो एपले छुट्टै किसिमको क्रेज बनाएको छ ।
‘फेस एप ओल्ड फिल्टर’ एउटा यस्तो एप हो जुन उपयोगकर्ताको अनुहार परिवर्तन गरी बढी उमेर भएपछि कस्तो देखिने भन्ने तस्बिर सार्वजनिक गर्छ। ट्वीटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा यो एपको एउटा क्रेज नै चलेको छ। यसको उपयोग गरी आफ्ना तस्बिर पोस्ट गर्नेहरु बढ्दै गएका छन्।
रसियन कम्पनीले निर्माण गरेको यो एपबाट प्रयोगकर्ताहरूले आफ्नो वास्तविक उमेरभन्दा दोब्बर,तेब्बर उमेरमा आफू कस्तो देखिन्छु भन्ने तस्बीर हेर्न सक्दछन । उच्च प्रयोगका कारणले सामाजिक सञ्जालमा भाइरल भएको यो एपले प्रयोगकर्ताको सुरक्षा चुनौती र गोपनीयताको बारेमा थुप्रै प्रश्नहरू उठिराखेका छन।
सामाजिक सञ्जालदेखि अमेरिकाको संसदसम्म फेसएपकै चर्चा
ट्वीटरमा पोस्ट गर्दै अमेरिकी प्रतिपक्षी दलका नेता ‘चक शुमर’ले आफ्नो देशका नागरिकहरूको डेटा चोरी भएको हुन सक्ने र यो एप असुरक्षित भएकाले यसमाथि तुरून्त अनुसन्धान गर्न सम्बन्धित निकाय फेडेरल ट्रेड कमिसन र एफबीआई लाई आग्रह गरेका छन ।


















