अहिलेसम्म कसैले पढ्न नसकेकाे संसारकै अनाैठाे पुस्तक

264

एजेन्सी / संसारमा यस्ता पनि  पुस्तक रहेछ जुन अहिले सम्म  कसैले पढ्न सकेकाे छैन  यस्ताे पढ्न नसक्ने पुस्तक  कुन पो होला र  ? विश्वका  कुनै पनि पुस्तक कोही न कोही मानिसले त अवश्य पनि पढ्न सक्लान् । तर वास्तविकताचाहिँ फरक रहेछ । विश्वमा  एउटा यस्तो पुस्तक छ, जुन अहिलेसम्म कसैले पनि पढ्न सकेको छैन ।

२ सय ४० पृष्ठको उक्त किताबलाई विश्वकै सबैभन्दा रहस्यमयकाे रूपमा हेरिएकाे छ ।  इतिहासकारहरूका अनुसार यो किताब ६ सय वर्ष पुरानो हो । कार्वन डेटिङ्गबाट यो किताब १५ औं शताब्दीमा लेखिएको पत्ता लागेको छ । यो किताब हस्तलिखित हो । तर यसमा के लेखिएको छ र कुन भाषामा लेखिएको छ रु भन्ने कुराचाहिँ आजसम्म कसैले बुझ्न सकेको छैन ।

यो किताबलाई वायोनिक मेनुस्क्रिप्ट नाम राखिएको छ । यो किताबमा मानिस तथा रूख–बिरुवालगायतका विभिन्न चित्रहरू कोरिएका छन् । अर्को रोचक कुरा त के भने यसमा कोरिएका केही चित्रमा यस्ता रूख–बिरुवा देखिन्छन् जुन अहिलेसम्म विश्वमा कतै पनि फेला परेका छैनन् ।

इटालीका एकजना किताब बिक्रेता विलफ्रिड वायोनिकको नामबाट यो किताबको नाम राखिएको हो । उनले यो रहस्यमय किताब सन् १९१२ मा खरीद गरेका थिए । किताबमा सुरुमा धेरै पन्नाहरू रहेकोमा समयक्रमसँगै पानाहरू चुडिँदै गए र अहिले २ सय ४० पन्नामात्रै बाँकी रहेको छ ।  यो किताब कसले लेखेको हो र केबारेमा लेखिएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । यद्यपि, यसका केही शव्दहरू भने जर्मन तथा ल्याटिन भाषाका रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here