सिद्धार्थ बैंकले ल्यायाे “सरल एसएमई कर्जा”, यस्ता छन् सुविधा

208

काठमाडौं / सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा ७५ लाखसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ “सरल एसएमई कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ । बैंकले साना तथा मझौला उद्यमीहरुले व्यक्तिगत ऋणदाताहरुबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप कर्जा सुविधा प्राप्त गर्न सकुन भन्ने यस कर्जाको मुख्य उद्देश्य रहेको छ ।

सरल एसएमई कर्जा सुविधा साना तथा मझौला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नकालागि उल्लेख सहयोग पु¥याउने बैंकको विश्वास रहेको छ । यो कर्जा सुविधा विशेष गरी पर्यटक, कृषि संलग्न तथा महिला उद्यमीहरुका लागि लक्षित गरिएको छ । यस कर्जा योजनाका प्रमुख आकर्षणहरू यस्ता छन् ।

–पुर्व भुक्तानी शुल्क नलाग्ने
–चालु पूंजी र स्थायी सम्पत्तीको ८० प्रतिशत सम्म फाइनान्सिङ सुविधा
–१० वर्षसम्मको आवधिक कर्जा
–निःशुल्क क्रेडिट कार्ड, एसएमई अलर्ट, इन्टरनेट बैंकिङ्ग तथा मासिक खाता विवरण
–लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट

साना तथा मझौला व्यवसाय देशको अर्थतन्त्रको मेरूदण्ड भएकोले सिद्धार्थ बैंकले आफूलाई यस क्षेत्रमा अग्रणी भुमिका खेल्नको लागि प्रतिवद्धता स्वरूप यो योजना ल्याएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here