काेभिड १९ बाट ‘बचाउने’ स्वास्थ्यकर्मीमाथि किन छुद्र व्यवहार

64
काठमाडौ – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को संक्रमण बढ्दै गएको छ। यो संकटको समयमा ‘फ्रन्ट लाइन’मा खट्ने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु आम सर्वसाधारणको कर्तव्य हो। तर, काठमाडौंको नयाँ बानेश्वरमा शनिबार स्वास्थ्यकर्मी बसेको घर घेराउ गर्दै स्थानीयले छुद्र व्यवहार प्रदर्शन गरेका छन्।

मिनभवनस्थित सिभिल अस्पतालमा कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मी बस्ने बानेश्वर, मिलनचोकका होस्टल सञ्चालमाथि दुर्व्यवहार गर्दै स्थानीयले त्यहाँ चिकित्सक र नर्स नराख्न चेतावनीसमेत दिएका छन्।

स्थानीयले चिकित्सक र नर्स बसेको होस्टलका सञ्चालक रोहित रानालाई स्वास्थ्यकर्मी नराख्न चेतावनी दिँदै दुर्व्यवहार गरेका हुन्। केही समययता सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रानाले संचालन गरेको लर्ड बुद्ध बोइज एण्ड गल्र्स होस्टलका बस्दै आएका थिए। बलभद्र मार्ग टोल विकास समितिका पदाधिकारी सहितका स्थानीयले गाली गर्दै होस्टल घेरा हालेको होस्टल संचालक रानाले बताए।

भदौ ४ गतेदेखि उक्त होस्टलमा स्वास्थ्यकर्मी बस्दै आएका छन्। स्थानीयले होस्टल सञ्चालकमाथि दुर्व्यवहार गर्दै स्वास्थ्यकर्मी नराख्न चेतावनी दिएपछि उनीहरुको उद्धारका लागि प्रहरी पुगेको थियो। होस्टल परिसरमा बानेश्वर वृत्तबाट प्रहरी पुगेपछि स्थानीय फर्किएका थिए।

स्वास्थ्यकर्मी राखेकै नाममा बलभद्र मार्ग टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतमको नेतृत्वमा दर्जनौ स्थानीय भेला भएका थिए। सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा गरेको अवस्थामै भीडभाड गर्दै स्वास्थ्यकर्मीलाई टोलमा नराख्ने चेतावनी दिएको भन्दै चौतर्फी विरोध भएको छ। स्वास्थ्यकर्मी र चिकित्सकले स्थानीयको यो शैलीको चर्को विरोध गरेका छन्।

डा. अभिषेक राज सिंहले बिरामीकै लागि खट्ने चिकित्सकमाथि यस्तो व्यवहार भएकोप्रति आपत्ति जनाएका छन्। उनले आज स्वास्थ्यकर्मीको विरोध गर्ने भोलि संक्रमित भए कहाँ जान्छन् भनेर प्रश्नसमेत गरेका छन्।

‘बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत चिकित्सक आइसोलेसन बस्ने घर बाहिर जम्मा भएर उनीहरुलाई त्यहाँबाट निकाल्नुपर्छ भन्नेहरु भोलि संक्रमित भए कहाँ जान्छन् रु’, प्रश्न गर्दै डा। सिंहले ट्विटरमा लेखेका छन्, ‘मन्दिर–मस्जिदमा समेत ताला लागेका बेला अस्पतालमा खटेकालाई यो व्यवहार उनीहरु कस्का लागि खटेका हुन र सँगै सिंहले अहिले स्वास्थ्यकर्मीसँग भिड्ने नभएर कोरोनासँग भिड्ने समाज चाहिएको बताएका छन् ।

‘अहिले एकजुट भएर कोरोनासँग ‘भिडने’ समाज चाहिएको हो’, थप अर्को ट्विटमा सिंहले लेखेका छन्, ‘समाज सुरक्षित होस भनेर एक्लिएका स्वास्थ्यकर्मीसँग ‘भिडने’ समाज होइन यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here