सुन प्रतितोला ८०० का दरले घट्याे

34

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन प्रतितोलामा ८०० घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० ले सस्तिएको हो। महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ८०० मा कारोबार भइरहेको छ।

अघिल्लो दिन बिहीबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६०० मा कारोबार भएको थियो। यस्तै, आज तेजाबी सुनको मूल्यसमेत प्रतितोलामा ८०० ले सस्तिएर १ लाख १० हजार २५० मा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here