प्रदेश नं ३ सरकारको आर्थिक सहयोगमा अस्पताल भवन निर्माण हुँदै

144

काठमाडाैं /  गाउँमा अस्पताल स्थापनाका लागि आवश्यक संरचना निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । चौरीदेउराली गाउँपालिका–५ भालचौरमा १५ श्ययाको अस्पताल निर्माणका लागि प्रदेश नं ३ सरकारको आर्थिक सहयोगमा नयाँ भवन निर्माणकार्य शुरु गरिएको हो ।

साविक धुसेनी शिवालय स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बन्ने भएको हो । त्यसका लागि आवश्यक पर्ने १६ रोपनी जग्गा एक वर्ष अगाडि नै व्यवस्थापन गरिसकिएको र स्वास्थ्य चौकीको नाममा पहिला नै भएको पाँच रोपनी गरी २१ रोपनी जग्गामा सो भवन निर्माण भइरहेको छ । धुलिखेल निर्माण सेवाले सो भवन निर्माणको जिम्मा पाएको काम तीव्रगतिमा भइरहेको निर्माण व्यवसायी उद्धव गौतमले जनाउनुभयाे ।

चौरीदेउराली गाउँपालिकाका प्राविधिक कृष्ण भण्डारीले अहिले पहिलो टाइपिङको काम भइरहेको जनाउनुभयाे । उहाँका अनुसार रु चार करोड २५ लाखमा ठेक्का सम्झौता भएको सो भवन अहिलेका लागि एक तलाको बन्नेछ । सो वडाका वडाध्यक्ष राजकुमार गौतमले शिलान्यासलगत्तै निर्माणको काम निरन्तर अगाडि बढिरहेको जनाउनुभयाे । अस्पतालका लागि चिकित्सक नियुक्तिको प्रक्रियासमेत अगाडि बढिरहेको जनाएको छ ।

गत कात्तिक २५ गते प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले शिलान्यास गर्नुभएको सो भवन अहिले पिलर उठाएर टाइपिङको काम भइरहेको छ । अस्पताल बनेपछि सो गाउँपालिकालगायत आसपास रहेका भुम्लु गाउँपालिका, रामेछाप र दोलखाका बासिन्दालाई समेत सेवा पुग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here