काठमाडौं / हालै सम्पन्न उपचुनावमा कास्की २ बाट निर्वाचित सांसद विद्या भट्टराईको आज (मंगलबार) शपथ ग्रहण भएको छ।
दिउँसो १ बजे उपसभामुख शिवमाया तुम्वाहाम्फेले संसदको कृषि समितिको हलमा भट्टराईलाई शपथ ग्रहण गराएकी हुन्।
सामान्यतया सांसदलाई सभामुखले शपथ खुवाउने चलन भए पनि हाल सभामुख नभएका बेला सभामुखको काम उपसभामुखले गर्न हुने कि नहुने भन्नेमा विवाद चलिरहेका बेला उपसभामुखबाट शपथ ग्रहण गरिएको हो ।
संविधानको धारा ९१ को चारमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने उल्लेख भएकोले सोही धारालाई टेकेर उपसभामुख तुम्वाहाम्फे मार्फत शपथ ग्रहण गराइएको हो ।


















