नेकपा बैठकमा राष्ट्रपतिको हस्तक्षेपले प्रचण्ड-माधव आक्रोशित

357

काठमाडौं / सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठक बसिरहेका बेला राष्ट्रपतिले एक दर्जन नेताहरुलाई शितल निवास बोलाएर छलफल गरेपछि पार्टीभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले अनावश्यक हस्तक्षेप गरेको खुलासा भएको    छ ।

अध्यक्ष पुष्पकमल दाहाललाईसमेत जानकारी नदिई नेताहरु शितल निवास पुगेपछि दाहाल आक्रोशित भएका थिए । यो विषयले पार्टीभित्र विवाद चुलिएको छ । अझ  माधव कुमार नेपाल पक्षधर नेताहरुले  तिब्र असन्तुष्टी जनाएका थिए ।

यस विषयलाई अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले पार्टीभित्र हस्तक्षेपको रुपमा बुझेका छन् ।

स्थायी कमिटि बैठक बसिरहेका बेला भएको भेटबारे दाहालले शितल निवास गएका नेताहरुलाई प्रश्न गरेका थिए । प्रश्न गरेपछि राष्ट्रपतिसँगको भेटमा भएको कुराकानीबारे प्रदिप ज्ञवालीले जानकारी गराएका थिए । ज्ञवालीले सामान्य भेटघाट भएको भन्दै ठूलो इस्यु नबनाउन आग्रह गरेका थिए ।

ज्ञवालीले जवाफ दिएपछि पनि भीम रावललगायतका नेताहरुले असन्तुष्टी व्यक्त गरेपछि तत्कालका लागि अध्यक्ष दाहालले परिस्थित सामान्य बनाएका थिए ।

जनार्दन शर्मा र देवेन्द्र पौडेलले आफूहरु जानु गल्ती भयो भनेपछि दाहालले पनि विवाद नलम्ब्याउन आग्रह गरेको  स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारीले बोलाएपछि नेकपाका नेताहरु प्रदिप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, जनार्दन शर्मा, शक्ति बस्नेत र घनश्याम भुसाल शितल निवास पुगेका हुन् ।

भण्डारीले विगतमा पनि सरकारले गर्ने नियुक्तिमा चासो राख्ने, हस्तक्षेप गर्ने, पकड राख्ने गरेको आरोप लाग्दै आएको   छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here