नारायणी नदिमा ‘पानी जहाज’ को सफल परिक्षण

573

काठमाडौं /  नारायणी नदिमा पानी जहाजको सफल परिक्षण गरिएको छ ।   चितवनको भरतपुरमा निर्माण गरिएको (मिनि क्रुज सिप ) आइतबार दिउँसो करिब तीन बजे चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’ को सफल परीक्षण गरेका हुन् ।

क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले नेपालको इतिहासमै पहिलोपटक ठूलो क्रुज सिप बनाएर सफलतापूर्वक परिक्षण गर्दा खुशी लागेको प्रतिक्रिया दिए ।

१० टन तौल, एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाज नर्वेजियन प्रविधिबाट निमार्ण गरिएको हो।भारतको केरलाका प्राविधिकले निमार्ण गरेका हुन्।  निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड पुग्ने कम्पनीको अनुमान छ ।  यस  क्रुज निर्माणको काम पूर्ण भइसकेको छैन । यो जहाज सिंगापुर र भारतका प्राविधिकले नारायणी नदीको गहिराइको अध्ययन पछि  संचालन गर्न सकिने निस्कर्ष निकालेका थिए।

सन् २०२० लाई सरकारले पर्यटन वर्ष मनाउने तयारी गरिरहेको सन्दर्भमा यो क्रुज सिप पनि एक कोशेढुंगा सावित हुने कम्पनीको विश्वास छ ।

क्रुजसीपको उद्‍घाटन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबाट संयुक्तरुपमा गराउने योजना रहेको प्रबन्ध निर्देशक कँडेलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here