७२ जना शंकास्पद चिनियाँ नागरिक पक्राउ

166

काठमाडौं   /  काठमाडौंको बाँसबारीमा प्रहरीले  ७२ जना चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं अपराध महाशाखा, टोलीले बाँसघारीमा रहेका तीनओटा शंकास्पद घरहरुमा आकस्मिक रुपमा छापा मार्दा ७२ जना चिनियाँ नागरिक पक्राउ गरेका हुन् ।   उनीहरुले प्रयोग गरिरहेको ल्यापटप, मोवाइल तथा विद्युतीय उपकरण नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध महाशाखाकाले जानकारी दिए ।

प्रहरीको संयुक्त टोलीले आज दिउँसो विशेष सूचनाको आधारमा छापा मारेको थियो । ती घरहरुमा शंकास्पद विदेशी नागरिकहरु भएको सूचनाको आधारमा प्रहरीले छापा मारेको जनाएको छ । प्रहरीले वित्तीय अपराधमा संलग्न रहेको हुन सक्ने आशंका गरेको छ ।

बैंक ह्याकिङमा संम्लग्नता हुन सक्ने भएकाले अनुशन्धान थालिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here