स्टार अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत ३५ वटा घातक रोगको उपचार सुरु

526

ललितपुर /  सानेपामा रहेकाे स्टार अस्पतालले स्टार अस्योरेन्स प्याकेज सुरुवात गरेको छ। यो प्याकेजमा स्वास्थ्य बिमा, जीवन बिमा र कल्याण स्वास्थ्य योजना समावेश छन्।

अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीका अनुसार शिखर बिमा कम्पनी र नागरिक जीवन बिमा कम्पनीको सहकार्यमा बिमा कार्यक्रम सञ्चालन गरिएको हो। गत शनिबार आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो।

डा. रुपाखेतीका अनुसार स्वास्थ्य बिमा अन्तर्गत ३५ वटा घातक रोगको उपचार तथा १ सय ५० भन्दा बढी स–सना रोगको उपचार हुने छ। जसमा रोगअनुसार व्यक्तिगत रुपमा ५० हजारदेखि १० लाखसम्म र परिवारको लागि ५० हजारदेखि २० लाखसम्मको उपचारको सेवा–सुविधा रहेको छ।

बिमा कार्यक्रममा अस्पताल कार्डको व्यवस्था गर्ने र कार्ड मार्फत अस्पतालबाट तोकिए बमोजिमको सेवा सुविधा प्राप्त हुने अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here