काठमाडौं / नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपालको शीर्ष ई-कमर्स प्लेटफार्म Sasto deal आगामी क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै Cell-A- BRATION अफरको लागि सहकार्य गरेको छ,। यो अफर २४ डिसेम्बर २०१९ देखी २ जनवरी २०२० सम्म लागु हुनेछ ।
यस क्रिसमस र नयाँ वर्षमा खुशीयाली बाड्नको लागि सेलपले Sastodeal सँग सहकार्य गरी Cell-A- BRATION अफर ल्याएको हो । जस अन्तर्गत ग्राहकहरुले Sasto deal मार्फत प्रथम पटक कुनै पनि सामान किन्दा ४०५ डिस्काउन्ट सेलपे एप्प मा लोयल्टी पोइन्टसको रुपमा पाउनेछन् र थप १०५ डिस्काउन्ट (DJI, Dr. Browns, Crane, Himalaya Baby Care, Bbluv, Energizer and X-age) को सामानको खरिदमा चेकआउट् गर्दा डिस्काउन्ट कुपन पाउनेछन् । Sastodeal सेलपे मार्फत भुक्तानी गरी डिस्काउन्ट पाउनको लागि Sastodeal मार्फत सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुहोस् र ‘PAY NOW’ मा ट्याप गर्नुहोस् । यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुहोस्।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ
- बास्तविक समयमा भुक्तानी
- बिना वालेट कारोबार गर्न सकिने
- सुरक्षित
- मर्चेन्ट् शुल्क नलाग्ने
- लोयल्टी पोइन्टस
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
सेलपे एप्प डाउनलोड गरी आजै आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।


















