खुकुरी प्रहार गरी जेठाजुद्वारा बुहारीको हत्या

399

जनकपुरधाम । धनुषामा घरायसी विवादका कारण एक महिलाको हत्या भएको छ । जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ बडहरीमा आफ्नै जेठाजु्ले बुहारीको हत्या गरेका हुन् । बुधबार दिउँसो श्रीप्रसाद पञ्जियारले आफ्नै भाइकी श्रीमती रानीदेवी पञ्जियारको हत्या गरेका हुन् । ३८ वर्षीया रानीलाई श्रीप्रसादले खुकुरी प्रहार गरी हत्या गरेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । जेठाजुको खुकुरी प्रहारबाट टाउको पछाडि गम्भीर चोट लागेर घाइते भएकी रानीलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि विराटनगरतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए । ‘रानीलाई जेठान श्रीप्रसादले नै खुकुरी प्रहार गरेको सूचना आएको छ’ प्रहरी निरीक्षक यादवले भने, “यस विषयमा हामी थप अनुसन्धान गरिरहेका छौं ।” घट्नापछि मृतकका जेठाजु श्रीप्रसाद फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक रानीका पति वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको स्थानीयहरुले बताएका छन् । रानीमाथि खुकुरी प्रहार गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here