डडेल्धुरा / नवदुर्गा गाउँपलिका-१ ओलीगाँउ बस्ने केशव बहादुर ओलीको घर आइतबार दिउँसो भत्किन जाँदा पुरिएर ओलीको २ वर्षीय छोरा किरण ओलीको घटनास्थलमै मृत्यु भएको छ । घर भत्किँदा चोट लागेर घाइते भएकी उनको ३५ वर्षीया श्रीमती तारा देवी ओलीलाई उपचारका लागिडडेल्धुरा अस्पताल डडेल्धुरातर्फ पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले उद्दा कार्य एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।


















