काठमाडौं / बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी ११ दिनका लागि पछि सारिएको छ ।
संघीय संसद सचिवालयले मंगलबार दिउँसो सूचना टाँस गरी विशेष कारणबस बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पुस २७ गते आइतबार दिउँसो १ः०० बस्ने गरी निर्धारण गरिएको महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।


















